Loktantra Khabar National Weekly
Ad

मलंगवा स्थित सगरमाथा विद्यालयको वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न

लोकतन्त्र खबर
१७ माघ २०८१

लोकतन्त्र समाचारदाता—
सर्लाही,माघ १७
सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-१० मा रहेको सगरमाथा आधारभूत आवासीय विद्यालयले आफ्नो वार्षिक खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ।  मलंगवा न.पा का प्रमुख नागेन्द्र प्रसाद यादवले बुधबार दिउँसो प्रतियोगिताको फाईनल राउन्डको  उद्घाटन गरेका थिए।
पाठ्यपुस्तकको अध्यनले मात्र शैक्षिक स्तरमा सुधार तथा वृद्धि नहुने, यसका लागि अतिरिक्त क्रियाकलापको पनि उत्तिकै आवश्यक पर्ने भएकोले बालबालिकाहरुलाई शिरिरिक तथा मानसिक रुपमा स्वास्थ राख्न विद्यालयले हरेक वर्ष वार्षिक खेलकुद प्रतियोगिताको आयोजना गर्दै आएको विद्यालयका प्राधानाध्यापक जोसेफ क्षेत्रीले जानकारी दिए।
नगरप्रमुख यादवको प्रमुख आतिथ्यता तथा सामाजिक अभियन्ता,पुर्व प्राधानाध्यापक,अभिभावक र पत्रकारहरु लगायतको उपस्थितिमा आयोजना भएको उद्घाटन समारोहलाई भब्य बनाउन सोही विद्यालयमा अध्यनरत विद्यार्थीहरुले मार्च पास(कवाज),सामुहिक नृत्य ,ड्रिल,जिम्नेस्टिक लगायतका मनोरञ्जनात्मक क्रियाकलापहरु प्रस्तुत गरेका थिए।
बिहिवार आयोजना भएको प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्: