मनोज यादव—-
सर्लाही,माघ २२
विद्याकी देवी सरस्वतीको पुजा सोमबार सदरमुकाम मलंगवासहित सर्लाही जिल्लाभरी भव्य रुपमा धुमधामका साथ मनाइएको छ ।
सरस्वती पुजाको अवसरमा जिल्लाका निजी तथा सामुदायिक विद्यालयमा सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी मनाइएको हो । सरस्वती पुजाको अवसरमा जिल्लाको विभिन्न स्थानमा विभिन्न कार्यक्रमको समेत आयोजना गरेको थियो । सोही अवसरमा मलंगवा स्थित माउन्ट इंग्लिस बोर्डिङ्ग ,गड गिफ्ट इंग्लिस स्कुल,पब्लिक माध्यमिक लगायतका विद्यालयहरुले विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।
त्यस्तै मलंगवाकै पद्मरत्न विद्या मन्दिर विद्यालयले मनोरञ्जनात्मक खेलको समेत व्यवस्था गरेका थिए भने सबैजसो विद्यालयमा विद्यार्थीहरुले तयार परेका विभिन्न सामाग्रीहरु प्रदर्शनको लागि राखिएका थिए।
जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा समेत सर्वसाधारणहरुले विद्याकी देवी सरस्वतिको मुर्ति बनाई भव्य रुपमा पुजाआजा गरी सरस्वती पुजा मनाएका थिए ।
आज विद्याकी देवी माता सरस्वतीको विधिवत् रुपमा विसर्जन गरिने विद्यालयहरुले जानकारी गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्: