Loktantra Khabar National Weekly
Ad

उत्पीडनमा परेका मुस्लिम समुदायको उत्थानका लागि तीनतहको सरकारले पहल गर्नुपर्ने–अंसारी

लोकतन्त्र खबर
२२ माघ २०८१

लोकतन्त्र समाचारदाता–
सर्लाही २२ माघ । उत्पीडनमा परेका मुस्लिम समुदाय सबै क्षेत्रमा पछाडी परेकोले यस समुदायको उत्थानका लागि तीनतहकै सरकारले शसतm रुपमा पहल गर्नुपर्ने मुस्लिम आयोगका अध्यक्ष समिम मिया अंसारीले बताउनु भएको छ ।

 

मंगलवार सर्लाहीको सदरमुकाम मलंगवामा रहेका सुजाता पार्टी पैलेसमा मुस्लिम समुदायको आर्थिक सामाजिक, सांस्कृतिक लगायतका विषयमा मुस्लिम आयोगद्धारा आयोजित सशतिmकरण तथा क्षमता विकास सम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अंसारीले यो कुरा बताउनु भएको हो ।

 

मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादव, बरहथवा नगरपालिकाका प्रमुख कल्पना कटुवाल, प्रदेश सांसद जंगीलाल राय, प्रदेश सांसद बिमला अंसारी पुर्व गृहराज्य मन्त्री रिजवान अंसारी, पुर्व संघिय सांसद प्रमोद साह,

 

पुर्व संघिय सांसद रुहीनाज मिकरानी र पुर्व राष्ट्रिय योजना आयोगका सदस्य डा.अब्दुल रहिम मिकरानी लगायतका नेताहरुले मुस्लिम समुदायको बिकास र उत्थानका लागि शिक्षामा जोडदिनु पर्ने धारणा राख्नु भयो । कार्यक्रममा सर्लाही जिल्ला भरिका मुस्लिम समुदायका अगुवा व्यतिmत्वहरुको सहभागिता रहेको थियो ।

 

मुस्लिम आयोगका सदस्य समशुल मिकरानीको बिशेष पहलमा आजको कार्यक्रम आयोजना गरिएको थियो । जसबाट समुदायका पिडा, समस्या र सुझावहरुलाई ग्रहण गरि आयोगले मुस्लिम समुदायको उत्थान गर्न आगामी दिनहरुमा बिशेष पहल गर्ने जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्: