Loktantra Khabar National Weekly
Ad

भारतविरुद्ध श्रीलंकाले जित्यो टस

लोकतन्त्र खबर
३१ भाद्र २०८०

काठमाडौँ । एशिया कपको फाइनलमा आज भारत र श्रीलंकाबीच भिडन्त हुदैछ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा फाइनल खेलमा घरेलु टोली श्रीलंकाले टस जितेर पहिले व्याटिङ रोजेको छ ।

सुपर फोरमा दुवै टिमले २–२ खेल जितेर फाइनलको यात्रा तय गरेका हुन् । भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो भने बंगलादेशसँग हार बेहोरेको थियो । त्यस्तै श्रीलंकाले पाकिस्तान र बंगलादेशलाई हराएको थियो भने भारतसँग हार बेहोरेको थियो ।

अहिलेसम्म एशिया कपको इतिहासमा श्रीलंका १२औं पटक फाइनलमा पुगेको छ भने भारत १०औं पटक फाइनल खेल्दै छ । त्यसैगरी अहिलेसम्म पाकिस्तानले ५ र बंगलादेशले ३ पटक एशिया कप फाइनल खेलेका छन् ।

खेलाडीलको इन्जुरीले दुवै टिमलाई समस्यामा पारेको छ । भारतका अक्सर पटेल फाइनल खेल खेल्न नसक्ने भएका छन् भने श्रीलंकाका महीश थीक्साना पनि घाइते भएका कारण फाइनल खेल्न नसक्ने भएको बताइएको छ ।

कोलम्बोमा आइतबार बर्षाको अनुमान गरिएकाले फाइनल खेल अवरुद्ध हुन सक्ने देखिएको छ । फाइनल खेलका लागि एक दिन रिजर्भ डे को व्यवस्था गरिएको छ । यद्यपी सोमबार पनि बर्षा हुने मौसम पूर्वानुमान रहेकाले फाइनल खेल पुरा नहुने आशंका रहेको छ । खरीबोट

 

प्रतिक्रिया दिनुहोस्: