काठमाडौं कात्तिक २१, मंगलबार सुन र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।
मंगलबारका लागि छापावाल सुनको मूल्य एक लाख १५ हजार र तेजावी सुनको मूल्य एक लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
सोमबार एक लाख १५ हजार ४ सय रुपैयाँमा छापावाल र एक लाख १४ हजार ८५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै सोमबार तोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अनलाइन खबर
प्रतिक्रिया दिनुहोस्: