विराटनगर । विराटनगर–७ मा रहेको एक कवाडी गोदाममा आगलागी हुँदा पाँच जना घाइते भएका छन् ।
विराटनगर ७ को सातघुम्तीमा रहेको गोदाममा आगलागी भएको हो । आगलागीमा परी घाइते भएकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा विराटनगर महानगरपालिकाको दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी हुनुको कारण भने खुलेको छैन ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जन कुमार दाहालले घाइतेमध्ये चार जनाको उपचार विराटनगरस्थित न्यूरो हस्पिटल र एक जनाको कोशी अस्पतालमा उपचार भइरहेको जानकारी दिए । रातोपाटी संवाददाता
प्रतिक्रिया दिनुहोस्: